नमस्कार।
नेपालको संविधानको धारा 35 मा मुलुकमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने गरी मौलिक हकका रुपमा स्थापित व्यवस्था कार्यान्वयन गर्न तथा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, 2075 को दफा 46 मा कुनै पनि सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेशमा नेपाल सरकारले कम्तिमा एउटा सार्वजनिक मेडिकल कलेज सञ्चालन गर्नुपर्ने भन्ने प्रावधान बमोजिम सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापना तथा सञ्चालन गर्न मेडिकल कलेज पुर्वाधार निर्माण विकास समितिद्धारा अस्पताल भवन, आवासहरु एंव प्रशासनिक भवनहरु निर्माण भई हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति 2080/5/21 को अनुमति बमोजिम मिति 2080/7/1 देखि गेटा अस्पताल कैलालीले ओ.पि.डि.सेवा सुरु गरेको छ।
सर्वसाधारण जनतालाई सर्वसुलभ एंव गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा दिने प्रयोजनले गेटा अस्पतालको स्थापना भएको हो । हाल अस्पतालले जनरल ओ पि डि,हाडजोर्नि तथा नसारोग ओ पि डि, महिला तथा स्त्रीरोग सेवा ओ पि डी, जनरल सर्जरी ओ पि डि, अल्ट्रासाउन सेवा, एक्स-रे सेवा, प्रयोगशाला सेवा, फार्मेसी सेवा लगायतका सेवा प्रदान गरिरहेको छ।सुदुरपश्चिमका जनताको सर्वसुलभ स्वास्थ्य सेवाको पर्यावाचीको रुपमा अस्पताललाई विकास गर्ने र उपलब्ध भएका नविनतम प्रविधि र उपचार पद्धतिलाई आत्मसाथ गरि अस्पताल लाई स्रोत साधान सम्पन गरि निकट भविष्यमा नै थप आधारभुत देखि अति विशिष्टिकृत स्वास्थ्य सेवा एकै छानामुनी प्रदान गर्ने यस अस्पतालको लक्ष्य रहेको छ।
अन्त्यमा, चिकित्सा सेवामा मुलुककै गौरवको रुपमा यस अस्पताललाई विकास गर्नु हामी सबै सरोकारबालाको कर्तव्य हो । यँहा कार्यरत सम्पूर्ण चिकित्सक,स्वास्थ्यकर्मी, कर्मचारी,सरोकार राख्ने व्यक्ति तथा संस्था साथै आम नागरिकको साथ र सहयोग सहकार्य एवं रचनात्मक सुझावको सदैब अपेक्षा गर्दछु।