काम गर्ने समय
सोम – बिहीबार | - | 9:00 AM – 7:00 PM |
शुक्रबार | - | 9:00 AM – 6:00 PM |
शनि - रवि | - | 9:00 AM - 3:00 PM |
समय तालिका
हाम्रो डाक्टरहरूको समयतालिकाले सुविधाजनक अपोइन्टमेन्टहरू सुनिश्चित गर्दछ, व्यक्तिगत हेरचाह र ध्यानको लागि तपाईंको तालिकासँग पङ्क्तिबद्ध।
नियुक्तिहरू
आफ्नो स्लट सजिलै संग सुरक्षित गर्नुहोस्। विस्तृत हेरचाहको लागि हाम्रा विशेषज्ञ चिकित्सा पेशेवरहरूमा समयमै पहुँच सुनिश्चित गर्दै, अनुकूल स्वास्थ्य सेवाको लागि अपोइन्टमेन्टहरू बुक गर्नुहोस्।
आपतकालीन केसहरू
०९१-५७५११२
तत्काल हेरचाह जब यो सबैभन्दा महत्त्वपूर्ण छ। हाम्रो विशेष टोली विशेषज्ञता, करुणा र तत्काल ध्यान दिएर आपतकालिन केसहरू ह्यान्डल गर्न 24/7 तयार छ।
निर्देशकको संदेश
नेपालको संविधानको धारा 35 मा मुलुकमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने गरी मौलिक हकका रुपमा स्थापित व्यवस्था कार्यान्वयन गर्न तथा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, 2075 को दफा 46 मा कुनै पनि सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेशमा नेपाल सरकारले कम्तिमा एउटा सार्वजनिक मेडिकल कलेज सञ्चालन गर्नुपर्ने भन्ने प्रावधान बमोजिम सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापना तथा सञ्चालन गर्न मेडिकल कलेज पुर्वाधार निर्माण विकास समितिद्धारा अस्पताल भवन, आवासहरु एंव प्रशासनिक भवनहरु निर्माण भई हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति 2080/5/21 को अनुमति बमोजिम मिति 2080/7/1 देखि गेटा अस्पताल कैलालीले ओ.पि.डि.सेवा सुरु गरेको छ।
सर्वसाधारण जनतालाई सर्वसुलभ एंव गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा दिने प्रयोजनले गेटा अस्पतालको स्थापना भएको हो । हाल अस्पतालले जनरल ओ पि डि,हाडजोर्नि तथा नसारोग ओ पि डि, महिला तथा स्त्रीरोग सेवा ओ पि डी, जनरल सर्जरी ओ पि डि, अल्ट्रासाउन सेवा, एक्स-रे सेवा, प्रयोगशाला सेवा, फार्मेसी सेवा लगायतका सेवा प्रदान गरिरहेको छ।सुदुरपश्चिमका जनताको सर्वसुलभ स्वास्थ्य सेवाको पर्यावाचीको रुपमा अस्पताललाई विकास गर्ने र उपलब्ध भएका नविनतम प्रविधि र उपचार पद्धतिलाई आत्मसाथ गरि अस्पताल लाई स्रोत साधान सम्पन गरि निकट भविष्यमा नै थप आधारभुत देखि अति विशिष्टिकृत स्वास्थ्य सेवा एकै छानामुनी प्रदान गर्ने यस अस्पतालको लक्ष्य रहेको छ।
गेटा अस्पतालमा स्वागत छ
करिब 25 बर्ष अगाडी जगत गुरु शंकराचार्यले सुदुरपश्चिम विकास क्षेत्रमा मेडिकल कलेज स्थापनाका लागि कुरा अगाडि बढाइ सो सम्बन्धि नक्सा तयारी र फिल्ड अनुगमनको कार्यहरु गरेको अवस्थामा वि.स.2066 सालमा गेटा मेडिकल कलेज स्थापनाका लागि राष्ट्रिय योजना आयोगबाट बजेट विनियोजन भइ कार्य सञ्चालन भएकोमा अस्पताल क्षेत्रभित्र रुख कटान लगायतका विषयहरुले गर्दा मेडिकल कलेज निर्माण कार्यमा ढिलाई भइ वि.स.2071 सालदेखि भवन निर्माणकार्यको सिलान्यास भइ भौतिक पुर्वाधार निर्माण कार्यको थालनी भएको हो।